काठमाडाैं- नेपाल भ्रमण गरेर फर्किएका एक व्यक्तिकाे स्पेनमा कोरोना भाइरसका कारण मृत्यु भएको छ। डेलिमेलमा प्रकाशित समाचारअनुसार नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको स्पेनको एक अस्पतालमा फेब्रुअरी १३ तारिखमा मृत्यु भएको हाे।

भ्यालेन्सियाका स्वास्थ्यकर्मीले ती व्यक्तिको कोरोना भाइरसका कारण नै मृत्यु भएको पुष्टि गरेका छन्। नेपालमै उनलाई संक्रमण भएको हो या अन्य ठाउँबाट भएको भन्ने बारे भने केही खुलाइएको छैन।

कोरोना संक्रमणबाट स्पेनमा याे नै पहिलो मृत्यु भएकाे जनाइएको छ। स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ। ४६ जना मड्रिडमै रहेको बताइएको छ।

श्राेत ः स्वास्थ्य खबर

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here