काठमाडौं ।। सरकारले चीनको उहानबाट ल्याइएका नेपालीलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाएर निगरानीमा राखेको आज चार दिन भयो । हिजो खरिपाटी पुग्दा नेपाल विद्युत प्राधिकरण तालिमकेन्द्रको मुल गेटमा काभ्रेका महेश्वर बस्नेत र धनकुमारी बस्नेत, हातमा ब्ल्याङ्केट बोकेर उभिरहनुभएको थियो । छोरी रीना बस्नेत क्वारेन्टाईनमा हुनुहुन्छ । छोरीसँग एकछिन फोनमा कुरा गरेपछि बस्नेत दम्पतिले, मुल गेटमा रहेका सुरक्षाकर्मीलाई ब्ल्याङ्केट जिम्मा लगाउनुभयो । छोरीसँग प्रत्यक्ष भेट नभएपनि फोन तथा भिडियो कलबाट कुराकानी भइरहेको छ । सरकारले सकुसल नेपाल फर्काएकोमा आमा धनकुमारी खुशी लागेको छ । रीनाका आमाबुबा फर्किएलगत्तै चितवनका सागर बस्नेत पनि चीनबाट फर्कनुभएका दिदीका लागि केही सामान बोकेर क्वारेन्टाइन पुग्नुभयो । क्वारेन्टाइनमा बसेका बसेका परिवारका सदस्यलाई भेट्न यसरी दैनिक आफन्तहरू आइरहन्छन् । मुल गेटबाट केही मिटर भित्र छिरेपछि क्वारेन्टाइनको बाहिरपटट्ी निषेधित क्षेत्र लेखिएको छ । क्वारेन्टाइनमा रहेका सबै एक सय ७५ नेपाली पूर्णरुपले स्वस्थ रहेकाले कसैले पनि आत्तिनु नपर्ने चिकित्सक टोलीका प्रमुख नेपाली सेनाका मेजर डाक्टर नवीन फुँयालल बताउनुभयो । चीनबाट ल्याएका विद्यार्थी खरिपाटीमा राख्ने संघीय सरकारको निर्णयपछि सुरुमा स्थानीय डराएका थिए । तर अहिले अवस्था सामान्य भएको छ । स्थानीयमा देखिएको मनोवैज्ञानिक त्रास कम गर्न सरकारी टोली खरिपाटी क्षेत्रमा पुगिरहेको छ । सोही क्रममा हिजो स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल खरिपाटीस्थित क्वारेन्टाईन पुग्नुभएको थियो । तालिम केन्द्रको दक्षिणतर्फ रहेको क्वारेन्टाइनमा ए, बी र सी ब्लक विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई राखिएको छ ।
क्वारेन्टाइनमा रहेका सबै एक सय ७५ नेपाली पूर्णरुपले स्वस्थ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।