रौतहट ।। रौतहट प्रहरीले गोली प्रहार गरी एक आराधीलाई पक्राउ गरेको छ । कर्तव्य जयान लगायत दर्जनौ अपराधका घटनामा संलगन रही वर्षै देखी फरार रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्चार्ज अभय भनिने कामेशवर पटेललाई प्रहारीले गोली प्रहार गरी पक्राउ गरेको छ । उनलाई मंगलबार राति मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार जंगलसैया जाने बाटोमा प्रहरीले चार राउण्ड गोली प्रहार गरेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीको २ वटा गोली बाँयाँ खुट्टामा लागेर उनी घाइते भएका छन् । प्रहरीले पक्राउ गर्न खोजेपछि पटेलले पेस्तोलबाट गोली प्रहार गर्दा जवाफी कारबाहीमा प्रहरीले गोली प्रहार गरी उनलाई पक्राउ गरेको जनाएको छ ।
पटेलको खुट्टामा गोली लागेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । प्रहरीलाई देख्न साथ पेस्तोल निकालेर दुई राउण्ड गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनको खुट्टामा गोली लागेर घाइते भएपछि पक्राउ गरेको उपरीक्षक खड्काको भनाइ छ ।
गोलि लागि घाईते भएका उनको उपचार चन्द्रपुर अस्पताल प्रालिमा भैरहेको छ । घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here