काठमाडाैं ।। चीनको वुहानबाट ल्याइएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दालाई सचेत बनाउन घरदैलो अभियान सुरु भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे नेतृत्वको टोली घरदैलो अभियानमा खटिएको छ । प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै ‘हेल्थ डेक्स’ राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवम् औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै समस्या देखिए जाँच गराउन सक्नेबारे जानकारी गराउनुभयो । चीनको वुहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रासले स्थानीयले घर छोड्न थालेको र उनीहरू त्रासमा रहेको सुनिएपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको पाण्डेले बताउनुभयो । टोलीले घर घरमा पुगेर क्वारेन्टाइनका नेपाली सुरक्षित रहेको, उनीहरूमा कोरोनाको संक्रमण नभएकाले आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा जानकारी गराएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here