राैतहट ।। रौतहटको विभिन्न स्थानमा भेटिने अवषेशहरुको उत्खन्न गर्ने क्रममा मौलापुर पतौरामा भेटिएको अवशेषहरुको प्रारम्भीक अध्ययनले प्रचिन शहर भएको अनुमान गरिएको छ ।
लोप भइसकेको कुनै भव्य शहरका भग्नावशेषहरू भेटिन थाल्नुले स्थानीयबासी अचम्मित र उत्साहित बनेका छन् ।
पहिलो चोटि २०५६ सालमा बारी खन्ने क्रममा भेटिएका संरचनाको अध्ययन, उत्खनन र अन्वेषण चलिरहँदा कर्णाटकालीन अवधिभन्दा निकै पुराना संरचन भएको पाइएको छ ।
पतौरामा भेटिएका सोही संरचनालाई बचाउँदै निर्माण गरिएको महादेव मन्दिरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मधानी महायज्ञ हुँदैछ ।
संरचनाको बेलायतको दुर्हम विश्वविद्यालयको पुरातात्विक टोली तथा नेपालको पुरातत्व विभागले अध्ययन तथा अन्वेषण गरेको छ ।
उत्खननमा भेटिएका इँटा तथा निर्माणको संरचनागत तरिकालाई विश्लेषण गर्दा प्राचीनकालमा हुने दरबारको शैलीजस्तो रहेको जानकारहरूको भनाइ छ ।
पुरातात्विक महादेव मन्दिरको संरचना वर्तमान अवस्थाको जमिनको सतहभन्दा २२ फिट तलसम्म रहेको छ ।
मधानी महायज्ञ स्थलभन्दा करीब सय मिटर उत्तर–पश्चिममा अर्को संरचना पनि भेटिएको छ । जमिनको सतहभन्दा तीन फिट गहिरोमा भेटिएको अर्को संरचना चाहिं सानो घरको जस्तो देखिएको र दरबारको पाले बस्ने हुनसक्ने पूर्वानुमान गरिएको छ ।
नयाँ संरचनामा पनि पुरातात्विक महादेव मन्दिरकै जस्तो इँटाको प्रयोग गरिएको र दुई फिटभन्दा मोटो पर्खाल रहेको पाइएको छ ।
जमिनको सहतभन्दा तीन फिट गहिरोदेखि नौ फिट अग्लोसम्म पर्खालको संरचना रहेको पाइएको छ । नयाँ संरचना भेटिएको ठाउँबाट दक्षिणतिर जाने प्राचीन बाटोको संरचना पनि भेटिएको दाबी गरिएको छ ।

पुरातात्विक महादेव मन्दिरको पश्चिमतिर पनि एउटा अर्को संरचनाजस्तो फेला परेको तथा उत्खनन हुन बाँकी रहेको पतौराको उत्खननमा नियमित रुपमा संलग्न विजय यादव निर्बिजले बताएका छन् ।
पतौराको पुरातात्विक दृष्टिले थप अन्वेषण हुन जरुरी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउँदै निर्बिजले धरतीको गर्भ्भित्र कतै कुनै प्राचीन शहरको इतिहास पो लुकेको छ कि ? भनी प्रतिप्रश्न गर्दछन् ।

पतौराको ऐतिहासिकताबारे कतै केही उल्लेख भएको पाइएको छैन तर झन्डै लिच्छविकालमा प्रयोग भएका इँटाको संरचना तथा घर निर्माणको कलाले गर्दा कतै प्राचीन कालको कुनै सभ्य र सुसंस्कृत शहरको भग्नावशेषले इतिहासको नयाँ किसिमले अध्ययनको बाटो पो खोल्ने हो कि ?
पतौराको पुरातात्विक अन्वेषणले इतिहासको पुनर्सिजनको कथा पनि निस्कने उत्सुकताले स्थानीयबासी उत्सुक देखिएका छन् । श्राेत संजय साह मित्र

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here