रौतहट ।। रौतहटको मौलापुर नगरपालिकाले निमार्ण गरेको नमुना दलित बस्ती राष्ट्रपति विद्या देवी भण्डारीले हस्तान्तरण गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवि भन्डारीले, घर र लालपुर्जा एक साथ नमुना दलित बस्तिको उद्घाटन गर्नु भएको हो ।
मौलापुर नगरपालिकाद्वारा निर्मित १७ घर परिवारलाई पर्याप्त जग्गा सहितको आधुनिक भवन निर्माण गरेर हस्तान्तरण गर्न लागेको नगर प्रमुख रिना कुमारी साहले बताइन् ।
हरेक घरको अगाडि पक्की नाला, खेल्ने चौर, आगन तथा गाई बस्तु पाल्ने ठाउँसमेत रहेको छ । घरलाई दुई तल्ले बनाउने गरि निर्माण गरिएको छ । बस्तिको बिच भएर पक्की सडक निर्माण गरिएको छ । बस्तिलाई चारै तिरबाट सुरक्षीत बनाउन कम्पाउन्ड वाल लगाइएको छ ।
तराई मधेसमा नै पहिलो पटक सुबिधा सम्पन्न र आफ्नो संस्कृती अनुसारको घर निर्माण गरिएको प्रदेश २ का नेकापा अध्यक्ष एवं सङ्घीय सांसद प्रभु साहले बताए ।
मौलापुरको नमुना दलित बस्ती राष्ट्रपतिद्वारा हस्तान्तरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।