रौतहट ।। रौतहटको मौलापुरमा आयोजित मधानी महायज्ञमा हजारौ हजारको दर्शनार्थीहरुको भिड भएको छ ।
आज मंगलवार देखि शुरु भएको पुरातत्वीक शिव मन्दीर पतौराको मधानी महायज्ञमा रौतहट, वारा, पर्सा र सर्लाही सहित भारत विहार राज्यबाट हजारौ हजार दर्शनार्थीहरु आएका छन् ।
प्रदेश नं. २ का नेकपा अध्यक्ष रौतहट क्षेत्र नं. ३ का संसद एवं पुर्व मन्त्री प्रभु साहको विशेष पहलमा मौलापुर नगरपालीकाको आयोजनामा आयोजित मधानी महायज्ञ आज नेपालका राष्ट्रपति विद्या देवी भण्डारीले पुजा गरि शुभारम्भ गर्नु भएको थियो । १२ गते सम्म चलने यो महायज्ञको शुभारम्भमा प्रदेश नं. २ का प्रदेश अध्यक्ष तिलक परियार, मुख्य मन्त्री लालबाबु राउत गद्दीको समेत उपस्थिति रहेको थियो ।
आज राति ९ बजे देखि भोजपुर सुपर स्टार दिनेश लाल यादव निरहुवा, अम्रपाली दुवे, गायीका ईन्दु सोनाली सहित नेपालका एक्सन सुपर स्टार निखल उप्रेती, नायीका केकी अधिकारको कार्यक्रम राखिएको आयोजक विजय यादव निर्विजले जानकारी गराएका छन् ।
हजारौ वर्ष पुरानो पुरातात्वीक पतौरा शिव मन्दीरको संरक्षण सम्र्वद्धनको लागि आयोजना गरिएको यो मधानी महायज्ञले मौलापुर रौतहट सहित तराई मधेशीको पर्यटन क्षेत्र विकासको मेरु डण्डको रुपमा रहेने पुर्व मन्त्री साहले संगम खवर संगको संक्षिप्त कुराकानीमा बताए ।