रौतहट ।। रौतहटको चन्द्रनिगाहपुर चौक नजिकै गौर जाने सडक छेउमा बम जस्तै शक्कास्पद बस्तु बम नभएको नेपाली सेनाले पुष्टी गरेको छ । झोलामा भाडाकुडा तथा अन्य समान रहेको पाइएको छ । समान कुनै यात्रुको छुटेको हुनसक्ने आशका गरीएको छ । बम भएको आशकामा प्रहरीले सो क्षेत्रमा मानिस आवतजावतमा रोक लगाएको छ । आइतवार करीव १२ बजे तिर नेपाल बैक अगाडी सडक किनारमा एउटा झोला र पलाष्टिकको बोरा देखिएपछि स्थानियले प्रहरी लाइ खवर गरेका थिए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले बम जस्तै शकास्पद बस्तु फेला परेकाले गौर बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले परिक्षण गरेको र बम नभएको पुष्टी भएको जानकारी दिए । बम भएको आशकामा मुख्य चौकमा रहेको बजार क्षेत्रमा नै का बासिन्दा त्रसित बनेका थिए ।

श्राे:कलम पाटी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here