एजेन्सी ।। बलिउड अभिनेता अजय देवगनको फिल्म तानाजी बक्स अफिसमा छाइरहेको छ । फिल्म तेस्रो हप्तामा पनि रोकिएको छैन । अभिनेत्री दिपिका पादुकोणको छपाकलाई पछि पारेको र यहि शुक्रबार दुई फिल्म बरुण धवनको र कंगना रनौतको पंगा रिलिज भएका छन् र यी दुवै फिल्म लाई तानाजी चुनौती दिइरहेका छन् । रिपोर्टका अनुसार अजयकाे तानाजीले पहिलो हप्ता ११८.९१ करोड र दोस्रो हप्ता ७८.५४ करोडको कारोबार गरेको थियो । शुक्रबार ५.२७ करोड कमाएसँगै यसको कारोबार २०० करोडमाथि पुगेको छ । तानाजी २०२० मा २०० करोड कमाउने पहिलो फिल्म बनेको छ । फिल्मको लागत ११० करोड र प्रमोसन तथा प्रिन्ट खर्च १५ करोड गरी कूल बजेट १२५ करोड भएको बताइएको छ । तानाजीमा अजय देवगन, सैफ अली खान र काजोल मुख्य भूमिकामा छन् । यतिमात्रै हैन यो फिल्मले सलमान खानको टाइगर जिंदा हैलाई पनि पछि पारिसक्यो।रिलीजको तेस्रो हप्ता कमाई गर्ने फिल्मको सुचिमा तानाजी पाँचौं स्थानमा छ।
अजयको ‘तानाजी’ २०० करोड पार,पछि पारे दीपिकाको ‘छपाक’
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












