काठमाडाैं ।। संसदको माथिल्लो सदन राष्ट्रियसभाको निर्वाचन आज हुँदैछ । १८ सदस्य निर्वाचनका लागि ६ दलले भाग लिदैंछन् । ४५ जना उम्मेदवार पतिस्पर्धामा रहेका छन् । एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । अर्थमन्त्री डा. युवराज खतिवडासहित १९ सदस्यको दुई वर्षे कार्यकाल फागुन २० गते सकिंदैछ । निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सात प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको जानकारी दिनुभयो । उहाँका अनुसार मतदान सकिएपछि सम्भवत आजै नतिजा आउनेछ । निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन् । आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन् । निर्वाचन हुन लागेको १८ स्थानमध्ये सत्ताधारी नेकपाको १६ स्थानमा जित सुनिश्चित देखिएको छ । प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ । प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here