एजेन्सी ।। बलिउड अभिनेता शारुख खानलाई फयानले लामो समय देखि नयाँ फिल्मको प्रतिक्षमा छ । सन् २०१८ मा ‘जिरो” फल्प भएपछि उनलाई कुनै फिल्म गर्न हिम्मत गरेको छैनन् । अहिले सोसल मिडियामा पनि उनका फयानहरु फिल्मको माग गरिरहेको छ । यता निर्देशक राजकुमार हिरानीले “सञ्जु” पछि अन्य कुनै फिल्म निर्देशन गरेका छैनन् । यतिबेला फेरि खबर छाएको छ कि, उनले एक फिल्ममा काम गर्ने भएका छन् । राजकुमार हिरानीको अघिल्लो फिल्ममा उनी देखिने भएका हुन् । शाहरुखलाई लिएर फिल्म बनाउन हिरानी लामो समयदेखि कुरिरहेका थिए।
भारतीय मिडियाका अनुसार यो प्रोजेक्टमा काम गर्ने विषयमा हिरानी र शाहरुखबीच हालै छलफल भएको थियो । मिडियाका अनुसार यो फिल्ममा काम गर्न शाहरुख राजी भएका छन् ।
शाहरुखलाई लिएर बनाउने फिल्म लभस्टोरीमाथि हुने बताइएको छ।शाहरुखलाई रोमान्सका बादशाह भनिन्छ। यो फिल्मको स्टार कास्ट पनि तय भएको काजोल र करिना कपुर खान यो फिल्ममा हिरोइन हुनेछन्। काजोलको अभिनयबाट हिरानी प्रभावित छन्।
दर्शकहरु शाहरुख र काजोलको जोडी अत्याधिक नै मन पराइन्छ।दुवैले बाजीगर, दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कभी खुसी कभी गम, कुछ कुछ होताजस्ता सुपरहिट फिल्म दिएका छन्। हिरानी यो जोडीलाई आफ्नो फिल्ममा लिन चाहन्छन्।
करिना पनि यो फिल्मको हिस्सा रहने छिन्। उनले हिरानीसँग ‘थ्री इडियट्स’ गरेकी थिइन्। करिना, शाहरुख र काजोललाई हिरानीको फिल्ममा हेर्न आकर्षक अनुभव हुनेछ। किङ खानका फ्यान यो फिल्म घोषणा भएको सुन्न आतुर छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here