काठमाडाैं ।। सरकारले अखाद्य बस्तु विक्रि, वितरण भएको उजुरी आउने वित्तिकै कारवाही गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कुनै पनि उपभोक्ताले वस्तु खरिद गर्ने क्रममा अखाद्य वस्तु विक्रि भइरहेको पाए तत्काल उजुरी गर्न अनुरोध गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागले उजुरीकर्ताको नाम गोप्य राखेर आएका उजुरीलाई तत्काल सुनुवाई गर्ने व्यवस्था गरेको भन्दै हरेक स्थानीय तहले पनि यो व्यवस्था गर्नुपर्ने सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार विभागले कन्जुमर एप नामको एप नै निर्माण गरी उजुरी लिने काम गरिरहेको छ । साथै पैसा नलाग्ने फोन नम्बर ११३७ मार्फत् पनि उजुरी लिने र तत्काल सुनुवाइ गर्ने अभ्यास गरिरहेको सुवेदीले बताउनुभयो । कन्जुमर हेल्प डेस्क सञ्चालन गरेर पनि उपभोक्ताको उजुरी लिने काम भइरहेको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो । उपभोक्ताले पनि आफूले सामान खरिद गर्दा मूल्य सूची, लेबल, म्यादका विषयमा प्रश्न गर्ने बानी बसाल्न विभागले अनुरोध गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here