काठमाडौं ।। गृहमन्त्री रामबहादुर थापा‘बादल’ चीन भ्रमणका लागी आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन् । चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागी बेइजिङतर्फ प्रस्थान गरेका हुन् । नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए। मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।