झापा ।। झापाको धुलाबारीमा सञ्चालन भएको तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा चार करोड बराबरको कारोबार भएको छ । पुस नौं गतेदेखि सञ्चालन भएको महोत्सवमा करिब ४ करोडको कारोबार भएको आयोजक संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाले जानकारी दिनुभयो । मेचीनगर नगरपालिकाको संरक्षत्वमा सम्पन्न भएको महोत्सवमा करिब एकलाख मानिसले अवलोकन गरेका संस्थाले दाबी गरेको छ । महोत्सवमा नेपाल लगायत भारत, बंगलादेश र पाकिस्तानका गरी २ सय १० स्टल रहेको थियो । सबैले उल्लेख्य कारोबार गरेका महोत्सव आयोजक समितिले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।