सिन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको गुफाडाँडामा आज राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । गत वर्ष पौष १५ देखि १७ गतेसम्म राष्ट्रिय जलवायु सम्मेलन भएपछि यस बर्षदेखि दिवस मनाउन लागिएको हो । त्यस अवसरलाई स्थायित्व गर्न र उक्त ठाउँको प्रचारको लागि पुनः यसवर्ष जलवायु दिवसका अवसरमा कार्यक्रम गर्न लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । जलवायु परिवर्तनको प्रभाव र असरको बारेमा छलफल हुनेगरि सिङ्गो मुलुककै ध्यानाकर्षण गराउनका लागि हरेक जलबायु दिवस मनाइने पनि उहाँले बताउनुभयो । दिवसका अवसरमा हुने कार्यक्रममा गत वर्ष झै ७८ वटा झण्डा फहराइनेछ । ७७ वटै जिल्लाका समन्वय समितिका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा ७७ र संघीय सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले एउटा गरि ७८ वटा झण्डोत्तलन गर्ने, पालिका स्तरिय वत्तृत्वकला गर्ने, जलवायु प्रतिमामा पुष्पगुच्छा अर्पण गर्ने तथा सार्क खेलमा स्वर्ण पदक जित्ने सिन्धुपाल्चोकका सम्पूर्ण खेलाडीलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।
आज राष्ट्रिय जलवायु दिवस मनाइने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।