रौतहट ।। नेपाल भारतको सिमालाई छुट्याउने दशगज्जा क्षेत्रलाई मिचेर दुवै देशका नागरिकहरुले अस्थायी रुपमा निर्माण गरेका घर टहरा एवं पशु चौपायाहरु बाँध्न बनाइएको गोठहरु खाल गराउनाका साथै भारतीय पक्षद्धारा गाडिएको विजुलीको खम्बाहरु समेत हटाइएका छन् ।
रौतहटको संग जोडिएको ३२ किलोमिटर भू भागमा रहेका दशगज्जा अतिक्रमण गरी बनाइएका विभिन्न संरचनाहरु गत साता देखि सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीले संयुक्त रुपमा हटाउने कार्य शुरु गरेका हुन् ।
रौतहटको इशनाथ नगरपालिका वडा नम्वर २ औरैया स्थित पिलर नम्वर ३४८÷१ (मझौला) देखि सोही नपाको वडा नम्वर ४ मठिया स्थित पिलर नम्वर ३४८÷२ को बिचमा भारतीय पक्षले एकतर्फी रुपमा २०७४ साल कातिक १७ गते पाँच वटा सिमेन्टको विजुलीको पोल गाडेर सिमा मिचेका थिए ।
दशगज्जा क्षेत्रबाट विजुलीको पोल हटाउनका लागि सशस्त्र प्रहरीको ११ नम्वर गणका एसपी रविनराज कर्णजितले भारतीय समकक्षी एसएसबीका २० बि बटालियन संग समन्वय गरेर भारतीय भोल्टेज कम्पनीका कामदारहरु आएर उक्त विजुलीको खम्बा दशगज्जा क्षेत्रबाट हटाएर ३५ फिट भारतीय क्षेत्रमा गाडिएको ११ नम्वर गण रौतहटले जनाएको छ ।
नेपाल र भारत दुवै पक्षका सुरक्षाकर्मीको सँयुक्त पहलमा सिमा क्षेत्रमा कुनै पनि किसिमको भौतिक संरचना नरहने गरी काम थालिएको हो । रौतहटको पश्चीमी सिमा क्षेत्रबाट शुरु भएको अतिक्रमण हटाउने अभियान इशनाथ नगरपालिकाको लाल बकैया सम्म पुगेको छ ।
वर्षौ देखी सिमानामा अवैध रुपले रहेका भौतिक संरचनाहरु हटाउने र सिमा क्षेत्र स्पष्ट रुपले बुझिने गरी राख्ने उदेश्यका साथ अतिक्रमण हटाउने कार्य दुवै पक्षका सुरक्षाकर्मीहरुको रोहवरमा काम शुरु भएको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका उपरिक्षक रविनराज कर्णजितले बताए ।
कुनै पनि बहानामा दशगज्जा क्षेत्रलाई मिचेर घर टहरा बनाउन नमिल्ने भएपनि धेरै समय देखि अतिक्रमणको चपेटामा परेका क्षेत्रलाई खाली गराउने अभियान संचालन गरिएको स्पष्ट पारे । दशगज्जा क्षेत्र खाली भएमा पिलरहरु पनि सुरक्षित रहने तथा केही पिलर धेरै पहिला हराइसेको हृँदा दुवै देशका पदाधिकारीहरु बसेर जिपिएसको माध्यमबाट हराएको स्थानमा पिलर गाड्न सकिने बताए । याे समाचार मध्य तराइ दैनिक
भारतीयले दशगज्जा मिचेर एकतर्फी रुपमा बनाइएको घरगोठ हटाउदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।