रौतहट ।। हिन्दू र मुस्लिम धर्मालम्वीहरुको बसोबास रहेको रौतहटमा विगत केहि दिन देखि जिल्लाको विभिन्न ठाउमा आर्थिक प्रलोभन दिएर सनातन देखि मान्दै आएको धर्मको प्रति घृणा फैलाएर धर्म परिवर्तन गराउने गिरोह सक्रीय भएका छन । इशाई धर्मका प्रचार प्रसार गर्ने गिरोह सक्रीय भएपछि हिन्दू धर्म माथि खतरा उत्पन्न भएको छ ।
हिन्दू धर्म मान्ने र मुस्लिम धर्म मान्ने व्यक्तिलाई आर्थिक ,रोजगारको प्रलोभन दिएर धर्म परिवर्तन गराउने कार्य तीब्र भएपनि कार्यवाही गर्ने निकाय सक्रियता देखाउन सकेका छैन । रौतहटको चन्द्रनिगाहपुर ,र गौरमा डेरा गरी गोप्य रुपमा बसेका इशाई धर्मका प्रचारकहरु कानूनले दंडनीय अपराध भने कार्य गरिरहेको हुदा पनि स्थानीय प्रसाशन स्थानीय सरकार कुनै उत्सुकता देखाएका छैन ।
रौतहटको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालवामा दलित समुदायका गरीव ,आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई प्रलोभन दिएर ४० जनालाइ धर्म परिवर्तन समेत गराई सकेका छन । पहाड़ ,हिमालमा आफ्नो गतिविधि गर्दै आएका क्रिषिच्यन धर्मका प्रचारकहरु तराईका विभिन्न जिल्लाहरुमा आफ्नो गतिविधि तीव्र बनाएका हुन ।
गएको शनिवार दिउँसो एउटा घरमा गोप्य रुपमा मशेष चौधरी थारू नाम गरेका व्यक्तिले हिन्दू धर्मको विरुद्धमा घृणा फैलाउदै गर्दा गएका हिन्दुवादी संघ संगठनका युवाहरु तिनीहरुलाई लखेटेका थिए । विगत करीव १ वर्ष देखि गोप्य रुपमा प्रशिक्षण दीदै आएका थारुले अहिले सम्म ४० जना महिला पुरुषलाइ हिन्दू धर्म परिवर्तन गराई सकेको छ ।
२ वर्ष पहिला सम्म हिन्दू धर्म परम्परामा जीवन यापन गर्दै आएका स्थानीय राम कलेवर राम चमार , उनका श्रीमती , रामजी महतो नुनियाको पत्नी मरछिया देवी महतो लगायतका महिलाहरुले वर्त्तमान अवस्थामा हिन्दू धर्म पापको धर्म रहेको प्रतिक्रिया दिने गरेका छन । मुलुक धर्मनिरपेक्ष राष्ट्र भएपनि कसैको धर्मको विरुद्ध घृणा फैलाऊन नपाउने भनी प्रतिवन्ध गरेका छन ।
मरछिया देवीले आफ्नो घरमा प्रार्थना गर्ने ठाउ सञ्चालन गरेका छन र घर भित्र निरक्षर , अशिक्षित महिला , बालबालिकाहरुलाई बोलाएर सनातन देखि मान्दै आएका हिन्दू धर्मको विरुद्ध घृणा र इशाई धर्मको सराहना गरी इशाई धर्म नै मान्नु पर्ने भन्ने गरेको बुझिएको छ । मरछिया देवीले प्रभूले मेरो छोराको विना औषधि निको भएको भनी भ्रम छर्ने गरेकी छीन । इशाई धर्म मन्दा यशुले जस्तो सुकै विरामी परे औषधि उपचार गर्नु पर्दे , निधारमा सिंदूर लगाउनु पर्दैन , भनी गलत प्रचार गर्ने गरेको छ ।
स्रोतका अनुसार प्रचार गरी धर्म परिवर्तन गए वापतमा मासिक तलाव पाउदै आएका छन । प्रत्येक शनिवार भोज भतेर गर्ने , गाडी भाड़ा गरेर चन्द्रनिगाहपुर बैठकमा जाने गरेको पाइएको छ । सानो बाल बालिकाहरुलाई बैलून , खानेकुरा , लगायतका सामानहरु दिने गरेको स्थानियहरुले बताएका छन ।
६ हजारको संख्या भएको उक्त गाउँमा हिन्दू समुदाय बाहेक अन्य धर्म मानने समुदायको बसोबास रहेको छैन । हिन्दूको बसोबास भएकोले इशाई धर्मका प्रचारहरुले सो गाउलाइ निशाना बनाएको हुन सकने अनुमान रहेको छ ।
जन्मदेखि प्रौढ़ अवस्था सम्म हिन्दू धर्म अनुसार रीतिरिवात धर्मकर्म ,शादी विबाह ,पूजा अर्चना ,गर्दै आएका ति महिला पुरुषहरु अव देखि हिन्दू धर्म ग्रन्थ अनुसारको कार्य नगर्ने बताउन थालेका छन । हिन्दू परम्परा विपरीत कार्य गर्ने मानसिकता बोकेका नव इशाईहरु मठ मन्दिरमा चढ़ाइएको प्रसाद समेत ग्रहण नगर्ने , छोरा छोरीको विबाह नगर्ने , मृत्यु भए पछि दाह संस्कार समेत नगर्ने निधो उनीहरुले गरी सकेका छन । सनातन धर्मबाट विमुख गरी इशाई धर्म प्रति आकर्षण गराउनेलाइ कÞानूनी दायरामा ल्याउनु पर्ने हिन्दूहरुको मांग रहेको छ ।
२०७४ भाद्र १ गते देखि लागु भएको मुलुकी अपराध सहिंता २०७४ , मुलुकी फौजदारी कार्य्विधि सहिंता २०७४ र फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को परिच्छेद ९ को धर्म सम्वन्धी कसूरको दफा १५७ मा “ कसैले सनातन देखि अपनाउदै वा चली आएको अरुको धार्मिक रीति स्थतिमा जानी जानी वाधा पुर्याउनु हुदैन “ भनी उल्लेख गरिएकोले इशाई धर्मका प्रचारकहरुले हिन्दू धर्म आपनाउदै आएका व्यक्तिलाइ जानी जानी बाधा पुर्याउने कार्य गरी कानूनको उलंघन गर्दै आएकोले स्थानीय प्रसाशन र राज्यले यसको निरुत्साहित गर्ने तर्फ अग्रसर हुनु पर्ने आवशयक रहेको छ ।
सोही ऐनको दफा १५८ को उपदफा १ मा भनेको छ “ कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिनु हुदैन “ उपदफा २ मा कसैले कुनै जात ,जाती , वा संप्रदायमा सनातन देखि चली आएको धर्म , मत , वा आस्थमा खलल पर्ने काम वा व्यव्हार गर्न वा खलल हुने गरी कुनै प्रलोभन दिखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्नु हुदैन भनी किटनी कÞानूनी व्यवस्था गरिएकोमा एउटा घरमा बैनर लगाएर इशाई धर्मका किताब ,पढाउने , प्रचार गर्ने कार्य गर्ने ति गिरोहलाइ कÞानूनी कार्यवाही किन गर्न सकिरहेको छैन ? सरकारले नै यसको संरक्षण गरिरहेको हो की भनी प्रश्न उठाउने ठाउ रहेको छ ।
रौतहटमा सक्रीय रहेका त्यस्ता गिरोहलाइ पता लगाएर कÞानूनी दायरामा ल्याउनु पर्ने देखिएको छ । हिन्दू धर्म माथि भैरहेको प्रहारलाइ रोक्न हिन्दुबादी धार्मिक संघ सस्थाहरुलाई गंभीरताका साथ अघि बढ्नुको विकल्प रहेको छैन ।
नेपाल विश्वमा एउटै हिन्दू राष्ट्र भए पनि राजनितिक आड़मा धर्मनिर्पेक्ष राष्ट्र घोषणा गरेर हिन्दू धर्म समाप्त पर्ने सडयंत्र गरिएकोले आफ्नो धर्मको रक्षा गर्न हिन्दू धर्मालम्वीहरुलाई कमर कसर प्रतिकार गर्नु पर्छ र धर्म परिवर्तन गराउन सक्रीय रहेका गिरोह समूहलाइ कार्यवाही गर्नु पर्छ होइन भने नेपालमा भविष्यमा हिन्दू धर्म नामको लागि मात्र रहने सम्भावना हुने छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here