पर्वत ।। पर्वत जिल्ला अस्पतालमा भर्खरै जन्मिएका नबजात शिशुको उपचारका लागि आवश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको छ । नवजात शिशुको उपचारका लागि एनआईसीयू सेवा शुरु गर्नका लागि आवश्यक मेसिन तथा उपकरणहरु सहयोग गरिएको हो । विभिन्न विदेशी दाताको सहयोगमा पर्वत जिल्लाका ८ वटा लान्यस क्लबहरुको पहलमा आवश्यक उपकरणहरु जिल्ला अस्पताल पर्वतमा हस्तान्तरण गरिएको छ । ५० शय्या क्षमताको रुपमा विकास हुन लागेको पर्वत अस्पतालको सेवालाई प्रभावकारी बनाउन र विपन्न, तथा असहाय परिवारमा जन्मिएका बालबालिकाहरुले सहज रुपमा सेवा पाउन सकून भन्ने उदेश्यले एनआईसीयूका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको लायन्स क्लवका डिस्ट्रिक्टका चिफ एड्भाईजर बसन्तकुमार कर्माचार्यले बताउनुभयो । लायन्स क्लवले मेडिकल डिभाईस, दुईवटा वेड लगायत गरी झण्डै १८ लाख रुपैयाँका सामाग्री सहयोग गरेको उहाँले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here