रौतहट ।। “जन्मदिनलाई सतकर्ममा जोडौँ” अभियान अन्तर्गत आज रौतहट जिल्लाको निर्माणाधीन जन्मोत्सव पार्क मा बृहत वृक्षरोपण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणलाई अभिप्रेरित गर्दै आयोजित उक्त कार्यक्रममा सरकारी, सुरक्षाकर्मी, पत्रकार, नागरिक समाज तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित झन्डै एक हजार जनाको उल्लेखनीय उपस्थिति रह्यो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयका प्रमुख उमाकान्त आचार्य, रौतहटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विनोदकुमार खडका, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नेत्रमणि गिरि, सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेत, सिटिइभिटी मधेस प्रदेश प्रमुख नागेन्द्र साह, र राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरि शर्मा लगायत जिल्ला स्तरका सरकारी कार्यालय प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो ।
त्यस्तै, नागरिक समाजका अगुवाहरू, र स्थानीय संघ-संस्थाका अध्यक्षहरूको निरन्तर सहयोगका कारण कार्यक्रम थप सफल र प्रभावकारी बन्न सकेको हो ।
योजना अनुसारको निर्माणाधीन जन्मोत्सव पार्कलाई हरियालीयुक्त बनाउन आजको वृक्षरोपण अभियानले थप योगदान पुर्याएको छ। छोटो समयको सूचना हुँदाहुँदै पनि सहभागीहरूको प्राथमिकता सहितको उपस्थिति कार्यक्रमप्रति उच्च मनोबल र प्रतिबद्धता दर्शाउने उदाहरणीय प्रयासको रूपमा देखिएको छ ।
स्थानीय नेतृत्वको सक्रियता र संस्थागत सहकार्यबाट अभियानले तीव्र गति लिएको छ। वातावरणीय सन्देश सहितको यस अभियानले जन्मदिनलाई सामाजिक र सकारात्मक क्रियाकलापमा रूपान्तरण गर्ने दिशामा प्रेरणादायी बाटो तयार पारेको अभियानका सुत्राधार गाोविन्द प्रसाद चाैलागाईले बताएका छन् ।
Home प्रदेश समाचार मधेश प्रदेश “जन्मदिनलाई सतकर्ममा जोडौँ” अभियानअन्तर्गत रौतहटमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न
“जन्मदिनलाई सतकर्ममा जोडौँ” अभियानअन्तर्गत रौतहटमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।