रौतहट।। विवादित बिक्रि प्रणाली, कालोबजारी तथा घोटालाका विरुद्ध देशभर जनस्तरबाट आवाज उठिरहेका बेला युवा कम्युनिस्ट लिग (वाईसीएल), नेपालले मल आपूर्तिको विषयमा चासो व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ। वाईसीएल जिल्ला समिति रौतहटका अध्यक्ष मुनेश्वर गुप्ताको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गौरमा बुझाइएको ज्ञापनपत्रमा हालको समयमा देखिएको मल अभाव, वितरणमा भेदभाव, पहुँचको आधारमा असमान वितरण, कालोबजारी र कृत्रिम अभावका कारण किसानहरु समस्यामा परेको जनाइएको छ। ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि, “श्रम तथा उत्पादनमा वाईसीएल अभियानको साथ साथै सन्दर्भ देउखानको बिषयलाई निरन्तर उठाउँदै आएको छ। देशभरिका कृषकहरू अझै गम्भीर समस्याको सामना गरिरहेका छन्। मल नपाएर खेति बाँझो रहने अवस्था सिर्जना भएको छ।” वाईसीएलले सरकारले समयमै मल आपूर्ति नगरेको, वितरण प्रणाली पारदर्शी नभएको र दलाल तत्वहरूलाई लाभ पुग्ने गरी प्रणाली संचालन गरिएको भन्दै आक्रोश प्रकट गरेको छ। साथै यस्ता समस्याहरू तत्काल समाधान नगरे सरकारले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ। ज्ञापनपत्रमा भनिएको छ, “मुलुकभरि फैलिएको मल अभावको कारण राष्ट्रिय आत्मनिर्भरता र खाद्य सुरक्षामा प्रभाव परेको छ। यस्तो अवस्थामा पनि सरकारले चासो नदिएकोप्रति हामी आक्रोशित छौँ।” समाधान नगरे आन्दोलनको चेतावनी ज्ञापनपत्रमा यदि चाँडो मल आपूर्ति, वितरण प्रणालीमा सुधार र कालोबजारी नियन्त्रण नगरेमा वाईसीएल नेपालले देशव्यापी दबाबमूलक कार्यक्रम र आन्दोलनका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ। ज्ञापनपत्रमा वाइसीएलका अध्यक्ष गुप्ताले सरकार र प्रशासनलाई तत्काल मलको पहुँचमा सुधार ल्याउन, किसानहरूको पीडा सम्बोधन गर्न र वितरण प्रणालीलाई न्यायोचित बनाउन आग्रह गरेका छन।सो अबसरमा जिल्ला ईन्चार्ज कमला पांडे जिल्ला कोषाध्यक्ष जितु ठाकुर जिल्ला सदस्य कबिलास कुमार रजक लगायत का कार्यकर्ता हरुको सहभागीता रहेका थिए ।
Home प्रदेश समाचार मधेश प्रदेश वाइसीएलले मल आपूर्ति समस्या समाधानको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझायो
वाइसीएलले मल आपूर्ति समस्या समाधानको माग गर्दै जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझायो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।