काठमाडाै‌ ।। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १३ अप्रिलदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप छनोटका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीको कप्तानी नरेन भट्टले गर्नेछन् ।
कप्तान नरेन भट्टको नेतृत्वमा टोलीमा रहेका अन्य प्रमुख खेलाडीमा अभिषेक तिवारी, निरज कुमार यादव, शाहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलशाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा छन् ।
यो प्रतियोगिता नेपालका लागि महत्त्वपूर्ण छ, जहाँ नेपाली युवा क्रिकेट टोलीले विश्वकप छनोटको लागि आफ्नो स्थान पक्का गर्ने अवसर पाउनेछ ।
१३ देखि १९ अप्रिलसम्म काठमाडौंमा आयोजना हुने यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल यूएईसँग मूलपानी मैदानमा खेल्नेछ ।
यस छनोट प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोली २०२४ यू–१९ विश्वकपमा स्थान बनाउने छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here