रौतहट ।। रौतहट क्षेत्र नम्बर १ का सङ्घीय सांसद एवम् पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको विनाशकारी बाढीबाट भएको डुबान र क्षतिको अवलोकन गरेका छन् । नेता नेपालले बुधबार दिनभर रौतहटमा बाढी र डुबानबाट प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् ।
बागमती, लाल बकैया, र झाँझ नदीमा आएको बाढीले रौतहटमा ठूलो क्षति पुर्‍याएको छ । हजारौँ बिघा जमीनमा लगाइएको अन्नबाली पूर्ण रूपमा नष्ट भएको छ भने हजारौँ घरहरू डुबानमा परेका छन् ।
बाढी तथा डुवानका कारण स्थानीय बासिन्दाको जनजीवन अस्तव्यस्त भएको छ ।
नेता नेपालले बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्दै प्रभावित नागरिकहरूसँग संवाद गरेका हुन् । उनले तत्काल राहत कार्यक्रमको आवश्यकता औँल्याउँदै सरकारलाई प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दीर्घकालीन समाधानका लागि ठोस कदम चाल्न आग्रह गरे । साथै, उनले बाढी नियन्त्रणका लागि तटबन्ध निर्माण र नदी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेपालले बाढीबाट प्रभावित परिवारहरूको दुःखद अवस्था देखेर चिन्ता व्यक्त गर्दै उनीहरूको राहत र पुनर्स्थापनाका लागि सबै तहका सरकार र निकायलाई सहयोग गर्न अपिल गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here