रौतहट ।। रौतहटको माधवनारायण नगरपालिकाको वार्ड ८ का बाढी प्रभावितहरुलाई राहत वितरण गरिएको छ ।
माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ यादव बैजुको विशेष पहलमा वल्ड भिजनको आर्थिका सहयोग तथा ग्रामिण विकास केन्द्र आरडीसी नेपालको सहकार्यमा माधवनारायण नपाको वार्ड नं. ८ को १ सय २० घर परिवारलाई एनएफई किट सहित, त्रिपाल, कमल,जाजीम, सोलार लाईट म्याट्रेस सहितको समाग्रीहरु वितरण गरिएको हो ।
वितरण कार्यक्रममा वाडा अध्यक्ष योगेन्द्र महतो, आरडिसी नेपालका अध्यक्ष पारस हुसैन, उपाध्यक्ष ममता झा लगायतको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here