काठमाडौं ।। भारतको छत्तीसगढको बहुचर्चित अनलाईन सट्टेवाजी खेलाउने ‘महादेव एप’का विषयमा बलिउड अभिनेता साहिल खान पक्राउ परेका छन् । साहिल खानलाई यो वेबसाइट चलाएको र प्रचार प्रसार गरेको अभियोगमा पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । खानले मुम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि अपील गरेका थिए । तर, अदालतले यो खारेज गरेपछि अभिनेता खान छत्तीसगढको बस्तरस्थित जगदलपुरमा लुकेका थिए । उनलाई पक्राउ गरेर मुम्बई लगिएको छ । पक्राउ परेपछि संचारकर्मीसँग उनले भारतको न्याय व्यवस्थामा पुरै विश्वास रहेको बताएका छन् । अनलाईन सट्टेवाजीमा मुम्बई प्रहरीले अघिल्लो हप्ता अभिनेता संजय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो । हजारौं करोडको महादेव सट्टा एप मामिलामा भारतका इडी लगायतका निकायले पनि छानबिन गरिरहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here