काठमाडौं ।। बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको जिल्ला निर्वाचन अधिकृत मनबहादुर धामीले जानकारी दिए ।
शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो ।
नेकपा एमालेका तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here