रौतहट ।। सरकारले यही वैशाख १६ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले सातवटा जिल्लामा सञ्चालन गर्ने भनिएको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम यही वैशाख १६ गतेदेखि सुरु हुने भएको हो । हात्तीपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ । त्यहीअनुसार रौतहटको सबै स्थानिय तहमा MDA) आम औषधि सेवन अभियान सम्बन्धी पालिकास्तरीय योजना तथा बहुनिकाय गोष्ठी सञ्चालन गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रमलाई पूर्ण सफल बनाउन आम सञ्चारकर्मीहरुको सहयोगको लागि प्रशिक्षक हरेन्द्र गुप्ताले आव्हन गरेका थिए । स्वास्थ्य अधिकृत समेत रहेको अधिकृत हरेन्द्र गुप्ताले हात्तीपाइले रोग विरुद्ध चलाउने औषधिहरू अत्यन्त प्रभावकारी र सुरक्षित रहेको उल्लेख गर्दै यो औषधि सेवन गरेर हात्तीपाइले रोग निवारण गर्ने अभियानमा आ–आफ्नो तबरबाट जुट्न सबैमा अपिल गरे । हातीपाइले औषधी सेवन गरेमा कुनै हानी नोक्सानी नहुने, यदि नखाएमा भने हानी हुने भन्दै कुनै संकोच बिना हातिपाइले रोगको औषधी सेवन गरेर जिल्लालाई हातिपाइले मुक्त गर्न सबैको सहयोगको अपेक्षा रहेको कुरा बताए । उनले २ वर्षभन्दा मुनिका बच्चा, गर्भवती महिला, सुत्केरी भएको एक हप्ताभित्र र अशक्त भई बेडमा रहेका बाहेक सबै आम नागरिकलाई हात्तीपाइले रोग विरुद्धका औषधि सेवन गर्नुपर्ने बताए । उनका अनुसार हात्तीपाइले रोग विरुद्ध प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल औषधि खुवाइने छ । कुनै लक्षण नदेखिए पनि शरीरमा हात्तीपाइले रोगको परजीवि हुन सक्ने भन्दै आम नागरिकलाई औषधि सेवन गर्न गराउन अभियान सञ्चालन गर्न लागेको अधिकृत भण्डारीले जनाए। रोग लागि सकेपछि पूर्ण रुपमा निको हुन नसक्ने भएकाले समयमै औषधि खाएमा शरीरमा हात्तीपाइलेको परजीवि नष्ट हुने र रोग नलाग्ने भएकाले आम रुपमा औषधि सेवन गर्न उनले आग्रह गरे । सो कार्यक्रमा डा. गोपाल गुप्ताले हातिपाइले रोग विरुद्ध औषधी सेवन गरि गर्न गराउन सहयोग गर्न अपिल गरे भने कहि कतै सूचनाको कमीले औषधी सेवन नभएको बुझाई पनि व्यक्त गरे । सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पे्रम चन्द्र झाले सञ्चारकर्मीलाई प्रचारप्रसार मार्फत र आफै पुगेर भए पनि हातिपाइले रोग विरुद्ध एक हुन आव्हान गर्दै पत्रकारबाट कुनै किसिमको सहयोग गर्न आफुहरु तयार रहेको बताउदै स्वास्थय जस्तो सेवालाई सजग बनाउन अनुरोध गरे । उक्त कार्यक्रममा निमित जनस्वास्थय प्रमुख चाँदी जयसवालले सञ्चारकर्मी र आम नागरिकलाई हातिपाइले रोगको औषधिको राम्रो पक्ष र सबल पक्षलाई यो औषधी खानै पर्ने, जसरी करोना लाग्दा भ्याक्सिन लगाउनै पर्ने चेतना फलिएको थियो त्यसै गरि यो हातिपाइलेको औषधी खानै पर्ने भन्ने बुझाई आउन सके हातिपाइले रोग विरुद्धको यो कार्यक्रम सफल हुने कुरामा जोड दिइन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here