काठमाडौं ।। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदीय छानबिन समिति बनाउन नचाहेर संसदीय अभ्यासमाथि नै प्रहार गरेको आरोप लगाएका छन् ।
सरकारका मन्त्रीहरूका बारेमा प्रश्न उठिसकेपछि संसदीय छानबिन गर्नु संसदीय अभ्यास भित्र पर्ने उनको भनाइ छ ।
काठमाडौंको नयाँ बानेश्वरमा आज आयोजित कार्यक्रम बोल्दै उनले भने- सरकारले संसद् सुचारु गराउन चाहेको छैन। जबसम्म सरकार संसदीय छानबिन समिति बनाउँदैन तबसम्म कांग्रेस आफ्नो मुद्दाबाट ब्याक हुँदैन ।
अर्बौँ रकम हिनामिना भएको सहकारी प्रकरणमा कांग्रेस आवाज उठाउँदा कांग्रेसमाथि आरोप लागे पनि जनताको रकम हिनामिनाको एजेन्डा बोक्नपछि नहट्ने समेत बताए ।
अहिले कांग्रेसको कारण नभई सरकारकै गैर जिम्मेवारीकै कारण संसद् सुचारु हुन नसकेको उनको भनाइ छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here