फाइल तस्विर

काठमाडौं ।। सिन्धुलीमा बम विस्फाेट भएकाे छ। कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएकाे हाे । प्रहरीका अनुसार गएराति साढे १ बजे प्रेसर कुकर बम विस्फाेट गराइएकाे हाे ।
विस्फाेटले सामान्य क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका डिएसपी अनिल खड्काले जानकारी दिए । उनका अनुसार घटनास्थलमा जनमुक्ति सेनाकाे पर्चा पनि भेटिएकाे छ । ‘प्रेसर कुकर बम हाे। त्यहाँ नजिकै जनमुक्ति सेनाकाे पर्चा भेटिएकाे छ। खासै ठूलाे क्षति त छैन, ‘डिएसपी खड्काले भने ।
बम विस्फाेटपश्चात् स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेकाे थियाे। बम विस्फाेट गराउने व्यक्तिकाे पहिचान अहिलेसम्म हुन सकेकेा छैन ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे डिएसपी खड्काले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here