काठमाडौं ।। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।
यसअघि अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्यामलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन् ।
तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन् । घनश्याम रेशम चौधरी पक्षका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here