काठमाडाैं ।। कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख तिलक परियारले आज मुख्यमन्त्री कँडेललाई शपथ गराउनुभएकाे हाे । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता कँडेल एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) को समर्थनमा हिजाे मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here