रौतहट ।। खेलले बालबालिका तथा युवाहरुमा सकारात्मक सोचको विकास गरेको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ यादव बैजुले बताएका छन् । माधवनारायण नगरपालिकामा संचालित मेयर कप २०८० को विजेता माधवनारायण वार्ड नं. ३ सुखअवा र उप विजेता वार्ड नं. २ खेसरहियालाई पुरस्कार वितरण गर्दै मेयर यादवले, यस्ता खेलले युवाहरुमा मनोवल बढाउने र परिश्रम गर्न प्रेरित गर्ने गरेकोले, मेयर कप प्रति देखिएको उत्साहले हामीलाई खेल क्षेत्रमा लगानी गर्न प्रोस्ताहन गरेको बताए ।

शुक्रवार माधाेपुरकाे खेल ग्राउण्डमा भएको मेयर कपको फाईनल खेल वार्ड नं. २ खेशरीहीया र वार्ड नं. ३ सखुअवा विच भएको थियो । खेलमा सुखअवा तर्फबाट खेल्दै गरेको नितेश यादवले एक सय २६ रन बनाए पछि मैच सखुअवाको पक्षमा गएको दर्शकहरुले बताए ।
पहिलो बैटिंग गरेको सखुअवाबाट २० ओभरमा दुई सय ३१ रनको लक्ष्य पाएका खेसरहीयाले १८ दसमलव ५ ओभरमा एक सय ४२ रनमा अलआउट भए पछि सखुअवा ८९ रनबाट विजय घोषणा भएको थियो । शुक्रवारको फाईनल खेलको म्यान अफदी मैच नितेश यादवलाई घोषण गरिएको थियो । नितेश यादवले ६२ वलमा १० चौका र ११ छक्का हान्दै १ सय २६ रन बनाएको थियो । खेलमा दर्शकको उत्साहजन उपस्थिति रहेको कमटेटर अनुज झाले जानकारी दिए ।





