रौतहट ।। रौतहट जिल्लको माधवनारायण नगरपालिकामा महिलाहरुमा देखिने प्रसव फिस्टुला सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । प्रसवको समयमा देखा पर्ने प्रसव फिस्टुला समस्याको निराकरण गराउने उदेश्यले माधवनारायाण नगरपालिकाको महिला अगुवा स्वास्थ्यकर्मी र स्वास्थ्य स्वंमसेवीकाहरुको सहभागितामा एक दिवसीय अभिमुखिकरण कार्यक्रय सम्पन्न भएको हो ।
कार्यक्रममा प्रसव फिस्टुला के हो, यसका कारण, लक्षण र बच्चने उपाय वारे जनस्वास्थ्य सरोकार ट्रष्ट (फेक्ट नेपाल)का डा. बसन्त महर्जन र डा. तारा साक्यले प्रशिक्षण दिएका थिए ।

आज शुक्रवार माधवनारायण नगरपालिकाको माधोपुर नगरसाभा हल र मावी माधोपुरमा सम्पन्न कार्यक्रम फिस्टुला फाउन्डेशन युएसएको सहयोग राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा संचार केन्द्र, टेकु र माधवनारायण नपाको सहकार्य तथा जनस्वास्थ्य सरोकार ट्रष्ट (फेक्ट नेपाल)को आयोजनामा सम्पन्न भएको नपाका स्वास्थ्य सह संयोजक राजेश यादवले जानकारी दिए ।
कार्यक्रमामा जनस्वास्थ्य सरोकार ट्रष्ट (फेक्ट नेपाल)का जुगमान महर्जन, सविता चित्रकार, महिरा महर्जन , कमला महर्जन लगायतका उपस्थिति रहेको थियो ।