रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा आयोजित मेयर कप क्रिकेट प्रतियोगिता २०८० को उपाधि ईशनाथ नगरपालिका वड़ा नम्बर ३ ले जितेको छ ! ईशनाथ नगरपालिकाको सहयोग र रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा फाल्गुन ५ गते देखि शुरू भएको मेयर कपको उपाधि २५ रनले वड़ा नम्बर ३ ले उचालेको हो !

जनता उच्च माध्यमिक विद्यालय औरैयाको फील्डमा भएको फाइनल खेलमा ईशनाथ नगरपालिका वड़ा नम्बर ५ लक्ष्मीनियालाइ पराजित गर्दै वड़ा नम्बर ३ औरैयाले फाइनल जितेको आयोजक रौतहट जिल्ला क्रिकेट संघले जनाएको छ ! टस जितेर पहिलो बल्लेबाजी गरेका वड़ा नम्बर ३ का टीमले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा १० बिकेट गुमाउदै ११५ रनको स्कोर खड़ा गरेको थियो ! वड़ा नम्बर तीन बाट बिकास मण्डलले ४१ बाल खेल्दै सर्वाधिक २९ रन बनाएको थियो !

जितको लागि वड़ा नम्बर ३ ले दिएको ११६ रनको लक्ष्यको पूरा गर्न बल्लेबाजी गर्न उत्रेका वड़ा नम्बर ५ का टीमले १६ ओभर ५ बॉलमा सवै विकेट गुमाउदै ९० रन बनाएर २५ रनले फाइनल मैचमा पराजित भएका छन ! नगर प्रमुख कौशल्या देवी सिन्हाले मेयर कप क्रिकेट प्रतियोगिताको विजेता टीमलाइ नगद 31 हजार सहित शील्ड र उपविजेता टीमलाइ ११ हजार नगद सहीद शील्डले पुरस्कृत गरेका छन ! पुरस्कार वितरण समारोहमा सम्वोधन गर्दै मेयर सिन्हाले दुवै टीमका खिलाड़ीहरुले राम्रो प्रदर्शन गरेको भन्दै विजेता र उपविजेता टीमका खिलाडीलाइ शुभकामना दिएका छन !

मेयर कप प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने सदाम आलमलाइ मैन ऑफ दी सीरीजको पुरुस्कार दिइएको छ ! आलम लाइ नगद ५ हजार १ सय रुपैयाले पुस्कृत गरिएको छ भने बेस्ट बैट्समैनको उपाधि हिमांशु सिंह , बेस्ट बॉलरको उपाधि रवि यादव ,बेस्ट फील्डर रुस्तम खान र बेस्ट कीपर बिकास मण्डललाइ नगद 2 हजार १ सयका दरले पुरस्कार दिइएको आयोजक सस्थाका कोषाध्यक्ष बिक्रान्त विक्रम नेपालले जानकारी दिएका छन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here