रौतहट।। रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर 5 मा हनुमान जी तथा ब्रहमबाबाको मन्दिरमा आगो लगाएको घटना सार्बजनिक भएको छ!
भारतको अयोध्यामा सोमबार सम्पन्न भएको भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको भोली पल्ट मंगलवार राती उक्त मन्दिरमा आगो लगाइएको हो!
स्थानीय आधारभूत बिद्यालयको नजिकमा रहेको हनुमान तथा ब्रहमबाबाको मन्दिरमा अज्ञात समुहले मन्दिर भित्र पराल राखेर आगो लगाइएको घटना बुधवार बिहान सार्वजनिक भए पछि त्यहाँको अवस्था तनाव ग्रस्त भएको छ!
आगोको कारण हनुमान जी को प्रतिमामा क्षति पुगेको स्थानीयहरुले बताएका छन्! हिन्दुहरुको मन्दिरमा लगाइएको आगोको घटना लिएर हिन्दु समुदाय आक्रोशित हुनुको साथै यस्तो सामाजिक सदभाव बिगार्ने कार्य गर्ने माथि कानुनी कार्यवाही गर्न माग समेत गरेका छन्!
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरिले घटना स्थलमा प्रहरी टोली परिचालन गरिएको र अवस्था सामान्य रहेको बताएका छन्! मन्दिरमा आगो लगाउने कार्यमा संलग्न रहेको व्यक्तिको बारेमा खोज तलाश भै रहेको जानकारी दिएका छन्!

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here