राजविराज ।। सीके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बावजुद जसपाका अध्यक्ष उपेन्द्र यादव मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराएर शिलान्यास गर्न लागिएको भन्दै जनमत पार्टी विरोधमा उत्रिएपछि उच्च सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षा घेरामा बसेर यादव शिलान्यासस्थलमा पुगेका छन् । संभावित झडप रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेस सांसद सतिश सिंहको नेतृत्वमा जनमत पार्टीका कार्यकर्ताले कार्यक्रमस्थल नजिक प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीले जनमतका कार्यकर्ताहरुलाई स्थल भन्दा २०० मिटर वरै रोकेका छन् । यादव भने सुरक्षा घेरामा कार्यक्रमस्थल पुगेका छन् । स्राेत – कान्तिपुर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।