मुम्बइ ।। प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ ले बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ। यस फिल्मले भारतीय बक्स अफिस कलेक्सन २५१ करोड ६० लाख पुगेको छ । गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले पहिलोदिन भारतभर ९०.७ करोडको ओपनिङ गरेको थियो। सलार सन् २०२३ कै सर्वाधिक ‌ओपनिङ गर्ने फिल्म समेत हो। त्यसैगरि, दोस्रो दिन ५६.३५ करोड र तेस्रो दिन ६२.०५ भारु कमाएको थियो। चौथो दिन भने फिल्मले ४२.५० करोडको व्यापार गरेको छ। पहिलो दिन विश्वभरि सलारको पहिलो पार्टले १७८.७० करोड भारुको ओपनिङ गरेको फिल्मले तेस्रो दिनसम्म ४०० करोड भारु बढी कलेक्सन गरिसकेको छ। प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’ तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। ‘सलार’मा प्रभास र पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here