काठमाडौं ।। गत असोज १९ गतेदेखि आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ ।
विभिन्न माग राखेर संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदै सहमति भएको हो । कर्मचारीहरुले आन्दोलन चर्काएपछि सरकारले उनीहरुसँग वार्ता गर्न ४ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
बिहीबार ५ घन्टाका साथै शुक्रवार र शनिबार निरन्तर वार्ता भएपछि सहमति भएको हो । सहमतिमा प्रमुख प्रशासकीय अधिकृत ऐन लागू भएको पाँच वर्ष निजामती कर्मचारी र त्यसपछि स्थानीय सेवाको हुन पाउने छन् ।
तहगत सरुवा प्रणाली, ट्रेड युनियन अधिकार, प्रदेशले निर्माण गर्ने कानुनमा स्थानीय कर्मचारीको साटो प्रदेशको निजामती कर्मचारी, पाँच वर्षमा बढुवा हुने व्यवस्था गर्ने सहमति भएको संघर्ष समितिका महासचिव विजय देवकोटाले जानकरी दिए ।
उनका अनुसार सहमति भएपछि १४ दिनदेखिको आन्दोलन रोकिएको छ । आइतबारदेखि नै कर्मचारी सेवामा फर्किनेछन् ।विभिन्न मागहरु राखेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका कर्मचारीहरुले असोज २२ गतेदेखि ‘पेन डाउन’ गरेका थिए।
आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।