रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिका वडा नम्वर १ पथरा गाउँमा ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर हिन्दु समुदाय बीच आपसमै झै झगडा भई अवस्था तनावपूर्ण बनेका छन् । पथरामा रहेका ब्रम्ह् स्थानमा पुजा गर्ने विषयलाई लिएर पश्चिमी र पुर्वी पथराका स्थानीय बासिन्दाहरु बीच झै झगडा उत्पन्न हुँदा अवस्था तनावपूर्ण बनेका छन् । पुर्वी पथराका मानिसहरु बाटोमा टायर बालेर महिला पुरुष बालबालिकाहरु प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले अवस्थालाई साम्य पार्न ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।