काठमाडाैं ।। इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल एयरलायन्सको वाइडबडी जहाज इजरायलबाट उडेको छ । इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए ।
मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ । इजरायली समय अनुसार १:३० अर्थात नेपाली समय अनुसार ४ः५५ बजेतिर विमान उडेको नेपाली विद्यार्थीहरूले जनाएका छन् ।
इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन्। उनीहरू सुरक्षित छन् । दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो ।





