रौतहट ।। रौतहटको फतुवा विजयपुर नगरपालिकाको तत्कालिन मेयर गोपाल राय यादवलाई विशेष अदालतले कसुरबार ठहर गर्दै तिन बर्ष कैद र १५ लाख रुपैया जरिवाना सुनाएको छ ।
भ्रष्टाचार सम्बन्धी मुद्दाको हिजो बुधवार सुनवाईको क्रममा मेयर यादवलाई दोषि ठहर गरेर तिन बर्ष कैद र १५ लाख रुपैया जरिवाना गर्ने फैसला सुनाएको छ । विशेष अदालतमा मुद्दा दर्ता भएदेखि नै मेयर यादव निलम्बन अवस्थामा रहदै आएको थियो । फतुवा विजयपुर नगरपालिकामा नेपाली काँग्रेसबाट दोश्रो पटक निर्वाचित भएका मेयर यादव पहिलो कार्यकालमा आर्थिक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषि ठहर गर्दै २०७९ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधि सहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि मेयर यादव मात्रै दोषी ठहर भएका थिए ।
यादव गत स्थानीय निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए । उनी लालबकैया नदीको टेन्डरमा भ्रष्टाचार गरेको ठह भएका थिए । लाल बकैया नदीबाट खोलाजन्य बस्तुको उत्खनन सम्बन्धी ठेक्का रद्द गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोपमा यादव विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाबाट ठेक्काको सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा मेयर यादव सबैभन्दा बढि दोषि देखिएको श्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here