वीरगन्ज ।। वीरगन्जमा एक महिलाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका-१ बजार छपकैयामा गगनदेव साहकी पत्नी ४० वर्षीय पुनमदेवी साहको आफ्नै घरमा हत्या भएको हो। शुक्रबार बिहान टाउकोमा घरेलु हतियारले हानेर गम्भीर घाइते अवस्थामा भेटिएकी पुनमदेवीलाई उपचारका लागि सुरुमा नारायणी अस्पतालमा लगिए प्रहरीले जानकारी दिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई नेशनल मेडिकल कलेजमा लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै हत्याको यकिन कारण खुल्ने एक प्रहरीले अधिकृतले बताए । पुनमदेवीको हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन। मृतक पुनमदेवी घरमा ऐक्लै बस्दै आएकी थिइन्। पति गगनदेव कामको शिलशिलामा भारतमा र छोरा पनि अध्ययनको लागि भारतकै दिल्लीमा रहेका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
वीरगन्जमा एक महिलाको आफ्नै घरमा हत्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।