मुम्बई ।। बलिउड अभिनेत्री राखी सावन्त आफ्नो तेस्रो विवाहलाई लिएर चर्चामा आइन् । पाकिस्तानी अभिनेता डोडी खानले इन्स्टाग्राममा एक भिडिओ सेयर गरेका थिए। जसमा उनले राखीलाई विवाहको प्रस्ताव राखेका थिए। राखीले पनि एक अन्तर्वार्तामा तेस्रो विवाह गर्न लागेको खुलासा गरेकी थिइन्।
हालै डोडीले इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै राखीलाई राम्रो साथी रहेको बताएका छन् ।
‘केही दिनअघि मैले आफ्नो सामाजिक सञ्जालमार्फत राखी सावन्तलाई प्रपोज गरेको थिएँ। मैले उनलाई राम्रोसँग चिनेपछि विवाहको लागि प्रस्ताव गरेको थिएँ। उनले आफ्नो जीवनमा धेरै समस्या भोगेकी छन्। उनले ठूलो ट्रमाबाट बाहिर आइन्। उनले इस्लाम धर्म अपनाउँदै आफ्नो नाम फातिमा राखेकी छन्’ उनले भनेका छन्, ‘उनले विवाहको खबर सार्वजनिक गरेपछि मलाई थुप्रै म्यासेज र भिडिओ आयो। मान्छेहरूले उनीसँग विवाह स्वीकार गर्न सकेनन्। राखी जी मेरो राम्रो साथी हुन्। उनी निकै प्यारी छन् र सधैं रहन्छिन्। डोडी खानको बेहुली बन्न नसके पनि पाकिस्तानकी बुहारी बन्नु हुनेछ। म गराउँछु तपाईको विवाह। आफ्नै कुनै भाइसँग।’
यसमा राखीले टुटेको दिल र रोएको इमोजी पठाउँदै कमेन्ट गरेकी छन्। राखी सावन्तले पहिलो विवाह आदिल खान दुर्रानीसँग गरेकी थिइन्। त्यसपछि उनले रितेश राज सिंहसँग विवाह गरेकी थिइन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here