धादिङ ।। ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएपछि अवरूद्ध भएको सडक खुलेको छ। काठमाडौंबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले आज बिहान पौने ७ बजे पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत थिए। बिहानै ट्युसन पढ्न हिँडेका थिए। बाटो काट्ने क्रममा उनीहरूलाई ट्रकले ठक्कर दिएको थियो। घटनापछि मृतकका आफन्तहरूले पृथ्वी राजमार्ग अवरूद्ध गरी प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण सवारी आवागमन अवरूद्ध भएको थियो।ठक्कर दिएको ट्रकका चालक रौतहटका अशोक बम्जनलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जयसवारले अहिले राजमार्ग सञ्चालनमा आएको जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here