सांकेतिक तस्विर

मोरङ ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले चाँडै वर्तमान सरकारले विश्वासको मत लिने बताएका छन् । उनले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री गयानन्द मण्डल गनगाईको शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै भदौ १ गतेदेखि प्रदेश सभाको बैठक सुरु हुँदा उपयुक्त समयमा वर्तमान सरकारले विश्वास मत लिने प्रष्ट पारे ।
गठबन्धन दलहरूबीच सहमति कायम गरी विश्वासको मत लिने मुख्य मन्त्री थापाले बताएका छन् । विश्वासको मतपछि गठबन्धन दलहरूबाट थप मन्त्री नियुक्त गरिने जानकारी दिनाका साथै विगतको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट सदनमा रोकिएमा प्रतिपक्षसँग सहमति कायम गरी पास गराउने बताए। उनले यसैगरी प्रदेश निजामती ऐनलाई यसै सदनबाट पास गर्ने पनि उल्लेख गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here