काठमाडौं ।। सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेकाे छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले ती चिनियाँ नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेको बताए ।
पक्राउ परेका ती चारैजना चिनियाँ नाम प्रहरीले खुलाइसकेको छैन। उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदातलमा उपस्थित गराइएको छ।
अदालतमा उनीहरुलाई ५ दिन हिरासतमा राख्न अनुमति मागिएको छ। यसअघि पक्राउ गरेका १७ जनालाई पनि त्यति नै समय हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।