सप्तरी ।। सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादवलाई घुससहित बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार उनीहरूले सोलार बत्ती जडानलगायत योजनाको भुक्तानीबापत सेवाग्राहीसँग दुई लाख नगद र तीन लाखको चेक घुस लिएका थिए ।
उनीहरूलाई राजविराज नगरपालिका-३, त्रिभुवनचोकबाट बुधवार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुससहित पक्राउ





