बारा ।। नेपाली सेनाको श्री ज्वालादल गणले बाराको सिम्रौनगढमा एकदिने निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाली सेनाको श्री ज्वालादल गण बाराको संयोजकत्वमा विभिन्न सहयोगी संस्थाहरुको सहयोगमा सेनाले बाराको दक्षिणी भेगमा रहेको सिम्रौनगढमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो । मध्य पूर्वी पृतना हेडक्वाटरको पृतनापति उपरथी प्रेम ध्वज अधिकारीले उद्धघाट्न गरेको शिविरमा निःशुल्क भिडियो ऐक्स रे तथा ईसिजी, मृगौला तथा मुत्ररोग परिक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोग सम्बन्धी परीक्षण, आँखा,कान, घाँटी रोग परिक्षण, बालरोग परिक्षण, दाँत रोग परिक्षण, मान्सीक रोगको उपचार गरिनुका साथै विभिन्न रोगको शैल्यकृया पनि गरिएको छ । दक्षिणी सीमा संग जोडिएको यस क्षेत्रका नागरिकहरु स्वास्थ्य चेकजाँच गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यतालाई ध्यानमा राखी नेपाली सेनाले विभिन्न दाता संग समन्वय गरी शिविर सञ्चालन गरेको पृतनापति प्रेम ध्वज अधिकारीले बताएका छन् । स्वास्थ्य जाँच पछि निःशुल्क औषधी पनि वितरण गरिएको नेपाली सेनाले जनाएको छ ।
मध्य पूर्वी पृतना हेडक्वाटरको मार्ग निर्देशन र श्री न. २८ बाहिनी अड्डाको पहलमा शनिबार सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिविरमा चारसय ४५ जना पुरुष र पाँचसय ८० जना महिला गरि एकहजार २५ जनाले निशुल्क उपचार गराएको श्री जवालादल गण सेनानी कृष्ण कुमार श्रेष्ठले जानकारी दिएका छन् । शनिबार सम्पन्न भएको उक्त शिविरमा सिम्रौनगढ नगरपालिका, प्रादेशिक अस्पताल कलैया, स्वास्थ्य कार्यालय कलैया, सिम्रौनगढ नगर अस्पताल, यूनिक फर्मासुटिकल, एलएस न्युरो एण्ड जेनेरल अस्पताल, एभरग्रीन तराई सिमरा अस्पताल, , किरण आँखा अस्पताल, समाज प्रसुती एण्ड जेनेरल क्लिनिक तथा म्यागनस फर्मा प्रा.लि. ले सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here