काठमाडौँ ।। भारतीय प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कङ्ग्रेसले प्रादेशिक चुनावमा दक्षिणी राज्य कर्नाटकमा जित निकालेको छ।
हिन्दुस्तान टाइम्सका अनुसार अहिलेसम्म कङ्ग्रेसले २२ सिट जित्दै ११३ सिटमा अग्रता लिएको छ भने बिजेपीले १० सिट जितेर ५४ सिटमा अग्रता लिइरहेको छ।
सन २०१९ को चुनावमा बिजेपीले २२४ सदस्य प्रदेशसभा चुनावमा ११३ सिट ल्याएर सरकार बनाएको थियो। भारतीय राष्ट्रिय कङ्ग्रेस ७४ सिटमा खुम्चिएर प्रमुख प्रतिपक्षी दल बनेको थियो। कमजोर प्रमुख प्रतिपक्षीबाट शक्तिशाली सत्ताधारी दल भएको कङ्ग्रेसलाई कर्नाटकको चुनावले आत्मबल दिएको छ।
यसअघि हिमञ्चल प्रदेशमा पनि प्रादेशिक चुनाव जितेर बिजेपी सत्ता ढाल्दै कङ्ग्रेसले सरकार बनाएको थियो। सन २०२४ को संघ चुनावको मुखमा बिजेपीको कमजोर प्रस्तुति हुने यी चुनावी संकेत हुनसक्ने कतिपय टिप्पणीकारले उल्लेख गरेका छन् ।
बिजेपी सन २०१४ पचि मोदी नेतृत्वमा निरन्तर भारतीय सत्तामा छ। प्रादेशिक चुनावमा तलमाथि भएपनी संघ चुनावमा बिजेपी दशक देखि शक्तिशाली हुँदै आएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here