संखुवासभा ।। संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुनुअघि त्यसमा सवार २ जनाले हाम फालेको खुलेको छ। संखुवासभाको भोटेखोला ४ मा शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भएको दुर्घटनाअघि हाम फालेका २ जना सकुशल भेटिएका हुन्।
यसरी हामफालेर पनि सकुशल रहनेमा संखुवासभाकै चेपुवाका छिरिङ भोटे र सिम्रिक एयरकै कर्मचारी रहेका छन्। ती कर्मचारीको नाम खुल्न बाँकी छ।





