काठमाडाैं ।। सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्नेछन् । संसदको हिँउदे अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।





